सम्बन्धित समाचार

पिक प्वाईन्ट एजुकेशन नेटवर्क, ब्रेनल्याण्ड एकेडेमी र सेन्ट जोन स्कुलको संयुक्त रोपाइँ कार्यक्रम बूढानीलकण्ठ-१३, चुनिखेल, नयाँबस्तीमा आज मिति २०८०/०३/१२ गते सम्पन्न राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा विद्यार्थीहरूका लागि रोपाइँ कार्यक्रम सञ्चालन गरिएको हो ।

छात्र विद्यार्थीहरू र शिक्षकले बाउसेको काम गरे भने छात्रा विद्यार्थीहरू र शिक्षिकाहरूले रोपाहारको रूपमा धान रोपेका छन् । विद्यार्थीहरूसँगै पिक प्वाईन्ट एकेडेमीका प्राचार्य ई. बिनय श्रेष्ठ, सह प्रध्यानाध्यपक महेश के.सी, शैक्षिक संयोजक चिरञ्जीवी नेपाल, पिक प्वाईन्ट पब्लिक स्कुलका प्राचार्य ईश्वर के.सी., सेन्ट जोन स्कुलका रुकेश तामाङ, ब्रेन्ल्याण्ड एकेडेमीका प्रशान्त दाहाल लगायत शिक्षकहरूको पनि उल्लेख्य उपस्थिति थियो ।

प्रकृति, संस्कृति र प्रविधिलाई जोडेर जीवन उपयोगी शिक्षा दिने उद्देश्यले प्राविधिक शिक्षा सुरू गरेको आयोजक विद्यालयले बताएको छ । खेतदेखि भान्सासम्मका गतिविधिमा विद्यार्थीहरूलाई समावेश गराउने र देशमै काम गर्नुपर्छ भन्ने भावनाको विकास गर्न यसप्रकारको शिक्षा सुरू गरिएको पिक प्वाईन्ट एकेडमीका प्राचार्य ई. बिनय श्रेष्ठलेले बताएका छन ।

Facebook Comments

Your email address will not be published. Required fields are marked