काठमाडौं । क्रिसमसको कपडा किन्न बाध्य बनाएपछि काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विज्ञप्ति जारी गर्दै सबै विद्यालयहरूलाई यस्तो चेतावनी दिएका हुन् । यसरी जबर्जस्ती गर्ने विद्यालयलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।
केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिए ।
त्यस्तै, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले विज्ञप्ति जारी गर्दै यस्तो जबर्जस्ती गर्ने विद्यालयलाई चेतावनी दिएका छन् ।






Your email address will not be published. Required fields are marked