नेपाल सरकारकाद्वारा नमूनाविद्यालयमा छनोट गरिएको बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बालउद्धार माध्यमिकविद्यालयले बसन्तपन्चमीको अवसर पारेर बाल उद्धार ई–बुलेटिन सार्वजनिक गरेको छ ।
प्रविधिमैत्री रुपमा बूढानीलकण्ठ नगरपालिकाभित्रका सामुदायिकविद्यालयहरुमाअब्बलमानिएको बाल उद्धार माविले ई–बुलेटिन सार्वजनिक गरेसँगै विद्यालयकाशिक्षक, अभिभावक, विद्यार्थी लगायतशुभचिन्तकहरुमा सूचना र प्रविधिसँगको पहुँचलार्ई थप टेवापुर्याउने देखिन्छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले, ‘शैक्षिक सुधारका लागि विभिन्न नविनतम सीपहरु प्रयोगमा ल्याउँदै शिक्षालाई जीवनसँग जोड्नका लागि विद्यालयले खेलेको अहम् भूमिकाबारे प्रकाश पार्दै श्रीपञ्चमीको अवसरमाविद्यालयले शिक्षक, विद्यार्थी र कर्मचारीहरुको लेखरचनालाई समावेश गरी ई–बुलेटिन विमोचन गरेकोमा खुशीव्यक्त गरेका थिए ।
त्यस्तै उनले पहिलो पटक नेपाली संस्करणमा प्रकाशन गरिएको ई–बुलेटिन आगामीमहिनादेखि अंग्रेजी र नेपाली भाषामा पालैपालो गरी मासिक रुपमा प्रकाशन हुने जानकारी समेत दिएका थिए ।
प्ले ग्रुपदेखिकक्षा १२ सम्मका विद्यार्थीहरु, शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिकापदाधिकारीहरु र शिक्षा क्षेत्रका सरोकारवालाहरुको लेख, रचनासहित विद्यालयका आन्तरिक तथा बाह्य गतिविधिहरु समेत ई–बुलेटिनमा समावेश गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले बताए ।
बाल उद्धार माविको वेबसाईट मार्फत पहिलोपटक प्रकाशनथालनीगरिएको ई–बुलेटिनले विद्यार्थी तथाशिक्षकहरुमा लेखनशैली, सीपको विकास र क्षमता बृद्धिमा टेवापुग्ने विश्वास लिएको बताउदै उनेले प्रत्येक महिनाको १ गते विद्यालयको वेवसाईट र सामाजिक संजालमार्फत ई–बुलेटिनको सार्वजनिक गरिने जानकारी दिएका छन।
नर्सरीदेखि कक्षा १२ सम्म करीव १६०० विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयमाकक्षा ११/१२ मा ६ वटा संकायहरु (कम्प्युटर इन्जिनियरिङ्ग, विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानून) संचालित रहेका छन् ।






Your email address will not be published. Required fields are marked