सम्बन्धित समाचार

बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को बाल उद्धार नमुना माध्यमिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबिच विभिन्न प्रतियोगिता सहित कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

कक्षा ११ का विद्यार्थीहरुलाई नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्रीसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरे, वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, १२ का अध्यक्ष शम्भु भट्टराई, प्रधानाध्यापक विनोद पण्डित लगायतले स्वागत गरेका थिए ।

सो अवसरमा विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारी, विभिन्न समाजसेवी, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

Your email address will not be published. Required fields are marked