Mitha-ram
मिठाराम अधिकारी

प्रमुख
9851051010

anita-lama
अनिता लामा

उपप्रमुख
9841527796

Ajay-Bartaula
अजय बर्तौला

प्रमुख प्रशासकीय अधिकृत
9851240858

tika narayan shrestha
टिका नारायण श्रेष्ठ

सदस्य
9851005674

शान्ता ढकाल (पुडासैनी)

सदस्य
9849017993

Rita-Dahal
रिता दाहाल

सदस्य
9841555330

dhurba-sir
ध्रुवप्रसाद घिमिरे

सदस्य
9851059709

Raj-kumar-ghimire
राजकुमार घिमिरे

सदस्य
9851048006

rajaram bhandari
राजाराम भण्डारी

सदस्य

Pushparaj-adhikari
पुष्प राज अधिकारी

सदस्य

Bishnu-Kaji-Shrestha
बिष्णु काजी श्रेष्ठ

सदस्य
9841682671

madan-kumar-paudel
मदन प्रसाद पाैडेल

सदस्य

basudev thapa
बासुदेव थापा

सदस्य

radhe-shyam-Shrestha
राधे श्याम श्रेष्ठ

सदस्य
9851005539

sudip kafle
सुदिप काफ्ले

सदस्य
9841766782

narendra kharel
नगेन्द्र खरेल

सदस्य
9857685098

lalit-bkiram-shing
ललित विक्रम सिंह

सदस्य सचिव
9849876691

शिक्षा समितिको काम, कर्तव्य र अधिकार

यस दफामा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त शिक्षा समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) नगरपालिकालाई शैक्षिक पर्यटनको गन्तव्य स्थलका रुपमा विकास गर्न शिक्षा क्षेत्रको सामयिक सुधार, विकास र उन्नयनको नीति, योजना तथा कार्यक्रमको मस्यौदा तयार गरी स्वीकृतीको लागी नगर कार्यपालिकामा सिफारिस गर्ने ।

(ख) नगरपालिकामा स्वस्थ, स्वच्छ शैक्षिक वातावरण कायम राख्न तथा शिक्षाको गुणस्तर बृद्धि गर्न शिक्षा महाशाखा मार्फत पेश भएको कार्ययोजना माथि छलफल गरी आवश्यक देखिएमा परिमार्जन सहित स्वीकृत गर्ने ।

(ग) नेपाल सरकार⁄प्रदेश सरकारको स्वीकृत नीति र निर्देशन अनुरूप विशेष आवश्यकता शिक्षा, समावेशी शिक्षा,अनौपचारिक शिक्षा, निरन्तर शिक्षा, दूर शिक्षा खुला शिक्षा तथा अन्य वैकल्पिक शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी आवश्यक व्यवस्था गर्ने ।

(घ) विद्यालयलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रम निर्माण गर्ने, शिक्षा क्षेत्रमा विनियोजित बजेट तथा कार्यक्रम बैज्ञानिक मापदण्डका आधारमा वितरण गर्ने ।

(ङ) शैक्षिक गुठी वा निजी लगानीका विद्यालयको शुल्क र बिद्यालय वर्गिकरण सम्बन्धि मापदण्ड बनाउने, विद्यालयको प्रस्तावित शुल्कमा छलफल गरि निर्धारण गर्ने र अनुमोदन गर्ने ।

(च) सामुदायिक र निजी विद्यालयबीच साझेदारी र सहकार्य गराई शैक्षिक गुणस्तरमा एकरुपता कायम गर्न आवश्यक कार्यक्रम तर्जुमा गर्ने ।

(छ) नगर क्षेत्र भित्र विशेष आवश्यकता भएका वालबालिकाको तथ्यांक संकलन गरी उनीहरुका लागि उचित विद्यालय व्यवस्थापन गर्न आधार तयार पार्ने र सोही अनुसारको पठनपाठन व्यवस्था मिलाउने ।

(ज) विद्यालयको लेखापरीक्षण सम्बन्धमा लेखापरीक्षकले दिएको प्रतिवेदन अनुसार आवश्यक कारबाही गर्ने गराउने ।