सम्बन्धित समाचार

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिकामा ज्येष्ठ ०६ र ०७ गते वृत्ति परामर्श मेला तथा रोजगार मेला(Career Fair)को दोस्सो संस्करण आयोजना हुन लागेको छ ।

बुढानीलकण्ठ नगरपालिका परिसरमा हुने मेला जेठ ६ र ७ गते हुने शिक्षा, युवा तथा खेलकुद महाशाखाले जनाएको छ । यस मेला अघिल्लो वर्ष असार १६ गते श्री महाँकाल जनजाग्रित विद्यालयमा आयोजना भएको थियो ।

बूढानीलकण्ठ नगरपालिका शिक्षा महाशाखाको आयोजना तथा स्विजरल्यण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग र “ग्रोथ सेलर्स(Growth Sellers)”को समन्वयमा नगरपालिकामा २ दिने मेला हुन लागेको हो ।

विद्यार्थीहरू तथा युवाहरूले वृत्ति परामर्श सेवा प्राप्त गर्ने, बेरोजगार युवाहरूले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्ने, श्रम संसार मार्फत रोजगारी तथा सिपको अवसरको जानकारी प्राप्त गर्ने शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिए ।

यस्तै, उद्योग तथा व्यवसायीहरूले उपलब्ध जनशक्तिबारे जानकारी पाउने, बेरोजगार युवाहरूले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायसँग उपलब्ध विभिन्न रोजगारीका अवसरबारे जानकारी पाउने मेलाको उद्देश्य रहेको उनले जोडे ।

मेलाको तयारी, संचालन तथा व्यवस्थापन सम्बन्धी सरोकालवालाहरु सँग वृहत छलफल बैठक आयोजना गर्दै कार्यक्रम व्यवस्थापनका मुल समारोह समिति र यसका विभिन्न उपसमिति गठन गरेको छ ।

Facebook Comments

Your email address will not be published. Required fields are marked