संक्षिप्त इतिहास

श्री यज्ञमती माध्यमिक विद्यालय बुढानीलकण्ठ नगरपालिका वडा नं. ११, कपनमा अवस्थित एक सामुदायिक विद्यालय हो। यस विद्यालयको स्थापना वि.सं. २०४६ सालमा भएको हो। प्रारम्भिक चरणमा विद्यालय प्राथमिक तहसम्म मात्र सञ्चालन गरिएको थियो। स्थापना भएको एक वर्षपछि विद्यालय निम्न माध्यमिक हुँदै माध्यमिक तहसम्म विस्तार गरिएको हो।

विद्यालय स्थापना हुँदा सानो कच्ची भवनबाट पठनपाठन सुरु गरिएको थियो। हाल विद्यालयमा आवश्यक शिक्षण सामग्रीसहित ६ वटा भवन, पुस्तकालय, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला लगायतका सुविधाहरू उपलब्ध छन्। विद्यालय परिसर शान्त, हरियालीयुक्त तथा समुदायको बीचमा अवस्थित रहेको छ।

सुरुवाती समयमा विद्यालयमा मुख्यतः स्थानीय क्षेत्रका थोरै विद्यार्थीहरू अध्ययनका लागि आउने गर्दथे। तर हाल देशका विभिन्न जिल्लाबाट ४०० भन्दा बढी विद्यार्थीहरू नियमित रूपमा अध्ययनरत रहेका छन्।

विद्यालयले एसएलसी/एसईई परीक्षादेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। वि.सं. २०८२ सालको एसईई परीक्षामा विद्यालयले १०० प्रतिशत नतिजा हासिल गरेको छ। २२ जना विद्यार्थीमध्ये ६ जनाले A+ र १६ जनाले A ग्रेड प्राप्त गरेका छन्।

हाल विद्यालयमा २६ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन्।

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

बिधार्थी क्लबहरू

१. बाल क्लब

विद्यार्थी विवरण कक्षागत

कक्षा विद्यार्थी संख्या
ECD ५८
कक्षा १ १९
कक्षा २ २१
कक्षा ३ ३०
कक्षा ४ ३५
कक्षा ५ ३५
कक्षा ६ ३८
कक्षा ७ ४८
कक्षा ८ ४०
कक्षा ९ ४१
कक्षा १० २९

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

सम्पर्क

logo-(3)
श्री यज्ञमति माध्यमिक विद्यालय
सम्पर्क नम्बर: ०१५२२२०१८
बु.न.पा. कपन, काठमाडौं
वडा नं.: ११
स्थापना वर्ष: २०४६
EMIS Code: २७०३००००१
प्रधानाध्यापकको नाम: मुकुन्द बुढाथाेकी
प्रधानाध्यापकको सम्पर्क नम्बर: ९८४१८५७०६५
yagyamatischool@gmail.com
९८४१८५७०६५
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: अच्युत प्रसाद पौडेल
सम्पर्क नम्बर: ९८४१७३०१७३
सदस्य संख्या: ९