संक्षिप्त इतिहास
श्रीराम आधारभूत विद्यालयको इतिहास लामो संघर्ष र विकासले भरिएको छ। यो विद्यालय काठमाडौंको साविक विष्णु बुढानीलकण्ठ गाविस वडा नं. ५ (हाल वडा नं. ४) अन्तर्गत शिवपुरी जलाधार क्षेत्र नजिक अवस्थित छ। विद्यालय स्थापना हुनुभन्दा अघि स्थानीय बालबालिकाहरूलाई नजिकै शिक्षा प्राप्त गर्न कठिनाइ हुने गरेको थियो।
वि.सं. २०४८ साल (ई.सं. १९९१) मा स्थानीय समाजसेवी स्वर्गीय गुणबहादुर खड्काले विद्यालय निर्माणका लागि आफ्नो जग्गा उपलब्ध गराएपछि विद्यालय स्थापना भएको हो। स्थानीय बासिन्दाहरूको सहयोगमा अस्थायी टहरा निर्माण गरी पठनपाठन सुरु गरिएको थियो। प्रारम्भिक अवस्थामा विद्यालयमा केवल तीनवटा कोठा मात्र थिए। पछि अभिभावक तथा स्थानीयवासीहरूको सहयोगमा बाँस, सल्ला र उत्तिसको काठ प्रयोग गरी अर्को टहरा निर्माण गरिएको थियो। केही समयपछि General Welfare Organization को सहयोगमा भवनमा टिनको छाना राखिएको थियो।
विद्यालयमा कक्षाकोठाको अभाव, ढोका तथा झ्याल बिग्रिएको जस्ता समस्याहरू देखिएपछि शिक्षक तथा स्थानीय समाजसेवीहरूले संयुक्त रूपमा भवन सुधारको काम गरे। वि.सं. २०५७ सालमा बालकृष्ण रेग्मीको नेतृत्वमा पुनर्निर्माण समिति गठन गरियो। विद्यालय भवन मर्मत गर्नुका साथै थप कक्षाकोठा निर्माण गरियो। यस कार्यमा शिक्षक, समाजसेवी, गाउँ विकास समिति तथा स्थानीय बासिन्दाहरूको महत्वपूर्ण योगदान रहेको थियो।
पछि वि.सं. २०६३ सालमा पुरानो दक्षिणतर्फको टहरा हटाई चारकोठे भवन निर्माण गरियो। त्यसको अर्को वर्ष भवनमा अर्को तल्ला थपियो। वि.सं. २०६९ सालमा झ्याल तथा ढोकाहरू जडान गरियो। वि.सं. २०७०/७१ मा विद्यालयले ह्वाइटबोर्ड, म्युजिक सिस्टम, प्रिन्टर तथा फोटोकपी मेसिन खरिद गर्यो। त्यसैगरी वि.सं. २०७१/७२ मा ल्यापटप, प्रोजेक्टर तथा ब्याट्री खरिद गरियो। यी सुधारहरूले विद्यालयको शैक्षिक गतिविधिलाई आधुनिक बनाउन सहयोग पुगेको थियो।
विद्यालय भवनलाई भूकम्प प्रतिरोधात्मक पनि बनाइएको छ। वि.सं. २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भवनहरू आर्थिक सहयोग तथा अनुदानमार्फत मर्मत गरियो। यसले विद्यालयलाई अझ सुरक्षित र बलियो बनाएको छ।
हाल विद्यालयमा नयाँ भवन, पुस्तकालय, सभा हल, खानेपानी सुविधा, शौचालय तथा खेल मैदान उपलब्ध छन्। विद्यालयको विकासमा नगर प्रमुख, वडा अध्यक्ष, शिक्षक, अभिभावक तथा स्थानीय समाजसेवीहरूको महत्वपूर्ण भूमिका रहेको छ।
यसरी स्थानीय समुदायको सहयोग, शिक्षकहरूको मेहनत तथा विभिन्न संघ–संस्थाहरूको सहयोगबाट विद्यालय आज एक राम्रो शैक्षिक संस्थाको रूपमा विकास हुन सफल भएको छ।
प्राप्त गरेका सम्मान तथा पुरस्कार
१. Child Nepal द्वारा आयोजित Junior Boys Futsal Competition 2081 मा विजेता
२. बुढानीलकण्ठ नगरपालिका शिक्षा शाखाद्वारा आयोजित Senior Female Futsal Competition 2082 मा दोस्रो Runner-up
३. बुढानीलकण्ठ नगरपालिकाद्वारा Teacher Samman 2081 प्राप्त
भौतिक संरचना बिवरण
शिक्षक तहगत/बिषयगत विवरण
अतिरिक्त क्रियाकलाप
• खेलकुद (Football, Chess, Ludo, Badminton, Carrom Board, Skipping, Volleyball, Cricket, Jya Bling आदि)
• संगीत (गायन, नृत्य, Guitar, Madal, Piano आदि)
• नेतृत्व विकास
• Scouts
• Quiz Competition
• Speech Competition
• Debate Competition
• Handwriting Competition
• Drawing
• Plantation
• Health Awareness Program
• Cleanliness Program
• Computer Learning आदि
बिधार्थी क्लबहरू
• Smiling Children Club
• Shreeram Children Club
विद्यार्थी विवरण कक्षागत
विद्यार्थी विवरण (शैक्षिक सत्र २०८३)
| क्र.सं. | कक्षा | छात्रा | छात्र | जम्मा |
|---|---|---|---|---|
| १ | ECD | ४ | १३ | १७ |
| २ | KG | ६ | ३ | ९ |
| ३ | कक्षा १ | ५ | १० | १५ |
| ४ | कक्षा २ | १३ | ८ | २१ |
| ५ | कक्षा ३ | १२ | १४ | २६ |
| ६ | कक्षा ४ | ७ | १२ | १९ |
| ७ | कक्षा ५ | ६ | ११ | १७ |
| ८ | कक्षा ६ | १६ | ७ | २३ |
| ९ | कक्षा ७ | ८ | ७ | १५ |
| १० | कक्षा ८ | ३ | ३ | ६ |
| जम्मा | ८० | ८८ | १६८ |
















