संक्षिप्त इतिहास

नेपाल चार्टर आधारभुत विद्यालयको स्थापना वि।सं। २०६७ सालमा भएको हो । “शिक्षा मानव जीवनको उज्यालो घाम हो वृद्धि विकासको पहिलो खुड्किला हो ।” मानिसले औपचारिक, अनौपचारिक र अनियमित गरी ३ प्रकारले शिक्षा हासिल गर्दछन् । औपचारिक शिक्षा प्राप्त गर्न शिक्षार्थीहरू विद्यालय तथा विश्वविद्यालयमा गई तोकिएको पाठ्यक्रम अनुसारको शिक्षा हासिल गर्नुपर्दछ । तर नेपालमा औपचारिक शिक्षाको विकासको इतिहास धेरै लामो छैन । वि।सं। १९१० सालमा श्री ३ जंगबहादुर बेलायत भ्रमण गरी नेपाल फर्केपछि पहिलोपटक दरबार हाईस्कुलको स्थापना भएबाट नेपालमा विद्यालय शिक्षाको सुरुवात भएको पाइन्छ । तर पनि राणाकालीन समयमा विद्यालयको खासै विकास भएको थिएन । वि।सं। २००७ सम्म नेपालमा जम्मा २ वटा कलेज र ३१० वटा प्राथमिक विद्यालय स्थापना भई सञ्चालनमा रहेका थिए ।

बढ्दो सहरीकरणसँगै कपनमा विस्तारै जनसंख्या वृद्धि हुँदै गयो र यसलाई बसाइसराइ र सहरीकरणले प्रभाव पार्दै ल्यायो । २०४६ सालको बहुदलीय व्यवस्थाको स्थापनासँगै उदार शिक्षा नीतिको परिणामस्वरूप सार्वजनिक विद्यालयमा वृद्धि हुनुका साथै निजी विद्यालय पनि खुल्न थाले । यसै सिलसिलामा पुर्व गाविस अध्यक्ष तथा हाल यस बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी, स्थानीय चन्द्रमान श्रेष्ठ , ठाकुर प्रसाद खकुरेल , श्रीकृष्ण सुवेदी , श्याम अधिकारी , रत्न उप्रेती लगायतको पहलमा यहाँका बुद्धिजीवी, शिक्षाप्रेमी र जनप्रतिनिधिहरूले तत्कालीन कपन– ३ हाल बुढानीलकण्ठ न।पा। १० साप्रेढुङ्गा, मनकामना मन्दिर परिसरमा ७ रोपनी जग्गा क्षेत्रफल भित्र बृद्धाश्रम बनाउने उदेश्यले बनेको एउटा भवन अलपत्र अवश्थामा रहेकोले उक्त भवनलाई सदुपयोग गर्दै त्यसै भवनमा सार्वजनिक विद्यालयको स्थापना गर्ने अठोट गरी एक भेलाको आयोजना गरे । उक्त भेलाले प्रस्तावित विद्यालयको नाम ‘नेपाल चार्टर प्राथमिक विद्यालय’ राख्ने निर्णय गरी मिति २०६७ बाट विद्यालयको स्थापना कार्यलाई अगाडि बढाउन र सञ्चालन गर्न एक समितिको गठन भयो । स्थापना कालमा कक्षा १ बाट सुरु भएको यस नेपाल चार्टर प्राथमिक विद्यालयले २०६८÷५÷८ मा तत्कालिन जिल्ला शिक्षा कार्यालय काठमाण्डौबाट कक्षा १ संचालनको अनुमति प्राप्त भई नियमित अगाडी बढ्दै जाने क्रममा २०६९ मा २, २०७० मा ३, २०७१ मा ४, २०७२ मा ५ र २०७३ मा कक्षा ६ अनुमति प्राप्त गरि शै।स। २०७५,०७६र ०७७ मा कक्षा नर्सरी देखि कक्षा ७ सम्म संचालन हुदै आएकोमा विद्यालयको आर्थिक अवस्था , विद्यार्थी सङ्ख्या , शिक्षक अभावको कारण पुनः शै।स। २०७८ बाट कक्षा नर्सरी देखि कक्षा ५ सम्म संचालन हुदै आइरहेकोमा शै।स।२०८३ बाट कक्षा ७ समेत सञ्चालनमा छ ।

स्थानीय समाजसेवी , बुद्धीजिवी , शिक्षाप्रेमी , विद्यालय ब्यवस्थापन समिति , शिक्षक अभिभावक संघ ,शिक्षक कर्मचारी , सरकारी तथा गैह्र सरकारी संस्था , चन्दादाता र अभिभावकहरुको सहयोग बाट सिमित श्रोत र साधनलाई अधिकतम उपयोग गर्दै संस्थागत विद्यालय र अंग्रेजी माध्यम प्रतिको आकर्षणको बैकल्पिक शैक्षिक संस्थाको रुपमा परिचित गराउदै आएको यस विद्यालयमा मिति २०६९ मंसिर १८ मा १ वटा प्राथमिक तहको दरबन्दि सहित शिक्षक प्राप्त भयो । २०७६ मंसिरमा अर्को १ प्राथमिक दरबन्दि प्राप्त भै संचालनको क्रममा मिति २०७९ असारमा बुढानीलकण्ठ नगरपालिकाको दरबन्दि मिलानको क्रममा २ वटा राहत दरबन्दि प्राप्त भई हाल ४ वटा प्रा।वि।दरबन्दि १ वटा वालविकास सहजकर्ता ३ वटा निजिश्रोतका शिक्षक र १ वटा विद्यालय कर्मचारी सहित जम्मा ९ जना शिक्षक कर्मचारी र कक्षा नर्सरी देखि कक्षा ७ सम्म जम्मा २५० जना विद्यार्थी रहेका छन । विद्यालयमा अध्ययनरत छात्रछात्रामध्ये अधिकांश काठमाडांै उपत्यकाभित्र विभिन्न स्थानमा घरेलु कामदारको रूपमा काम गर्ने बालबालिकाहरू र श्रमिक, मजदुर तथा निम्न वर्गका जनताका छोराछोरी पढ्ने गरेका छन् ।

यस विद्यालयमा कक्षा १ देखि ७ सम्म कम्प्युटर ,थप अंग्रेजी र सामान्य ज्ञान थप विषयको रुपमा सञ्चालन हुदै आएको छ

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

बु.न.पा कार्यसम्पादन मुल्याङ्कण २०७९ – पाचौ
बु.न. पा कार्यसम्पादन मुल्याङ्कण २०८१- दोश्रो
फिफा कप फुटबल २०८२- द्वितिय्- छात्रा सिनियार
फिफा कप फुटबल २०८२- सान्त्वना- छात्रा जुनियार
चाइल्ड नेपाल कप फुट्बल २०८२ – प्रथम – छात्रा

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

हरेक हप्ताको शुक्रबार नियमित वार्षिक कार्यपात्रो अनुसार सन्चालनको व्यवस्था गरिएको छ । जस अन्तर्गत खेल्कुद , साहित्य, जिपनोपायोगी सिप , सास्कृतिक प्रतियोगिताका साथै त्यसको प्रशिक्षण सन्चालन गरिन्छ ।

बिधार्थी क्लबहरू

विद्यालयमा मनकामना बालक्लब रहेको छ जसले वार्षिक कार्ययोजना निर्माण गरी प्रतिभा पहिचान्, विद्यालयमा सरसफाई , अतिरिक्त कृयाकलाप सन्चालन , अनुशासन कायम लगायतका कार्य सन्चालन गर्दै आएको छ । यस क्लबको हरेक वर्ष नयाँ पदाधिकारीको निर्वाचन र नेतृत्व छनौटको अवसर रहन्छ ।

विद्यार्थी विवरण कक्षागत

नर्सरी- २९
एल के जी- २३
यु के जी- १८
कक्षा १- २५
कक्षा २- ३२
कक्षा ३- २८
कक्षा ४- ३३
कक्षा ५- २८
कक्षा ६- २५
कक्षा ७- १३

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

सम्पर्क

Nepal charter
श्री नेपाल चार्टर आधारभुत विद्यालय
स्थापना वर्ष: बि.सं. २०६७
EMIS Code: २७०३०००४१
प्रधानाध्यापकको नाम: बलराम फुयाल
प्रधानाध्यापकको सम्पर्क नम्बर: ९८४२९३९८४८
epalcharterbasicschool@gmail.com
९८४२९३९८४८
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: चन्द्रमान श्रेष्ठ
सम्पर्क नम्बर: ९८५१०९४६५०
सदस्य संख्या: