संक्षिप्त इतिहास

हाम्रो देश नेपालको राजधानी काठमाडौंदेखि उत्तरतर्फ १० कि.मी. दूरीमा अवस्थित विश्वकै ठूलो ऐतिहासिक ढुङ्गामा कुँदिएको विशाल श्री विष्णु भगवानको मन्दिरबाट पश्चिमतर्फ करिब ३ कि.मी. दूरी पार गरेपछि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बोर्डर तथा ऐतिहासिक चण्डेश्वरी माईको मन्दिरको पूर्वतर्फ तामाङ, दलित तथा अन्य जनजाति बस्तीहरूको बीचमा श्री मदन आश्रित आदर्श माध्यमिक विद्यालय अवस्थित छ।

वि.सं. २०५७ सालमा स्वर्गीय नेता श्री मनमोहन अधिकारीज्यूले विनियोजन गरिदिनुभएको सांसद कोषको रु. ३५,००० बाट स्वर्गीय नेता मदन भण्डारी तथा जीवराज आश्रितको सम्झनामा जि.वि.स., गा.वि.स., संघ–संस्था तथा चन्दा दाताहरूको सहयोगमा तत्कालीन गा.वि.स. अध्यक्ष श्री वालकृष्ण श्रेष्ठ, वडा अध्यक्ष श्री कृष्णबहादुर खत्री, समाजसेवी श्री रामकृष्ण खनाल, वडा सदस्यहरू श्री राजाराम खड्का, श्री मैते तामाङ, श्री लक्ष्मण खड्का लगायत स्थानीय व्यक्तिहरूको पहलमा विद्यालय भवन निर्माण कार्यका लागि सांसद श्री ईश्वर पोखरेलज्यूबाट शिलान्यास गरिएको थियो।

विद्यालयको प्रारम्भिक सञ्चालनका लागि नजिकैको चण्डेश्वरी मन्दिरको पाटी हुँदै श्री पशुपति खत्रीको गोठ–छाप्रोमा राखी प्रधानाध्यापक श्री राजाराम भण्डारीले श्री ध्रुव खनाल तथा श्री नारायण खत्रीको सहयोगमा कक्षा १ सञ्चालन गर्नुभएको थियो। वि.सं. २०५८ सालमा सबैको सहयोगबाट चारकोठे पक्की भवन निर्माण भई नियमित रूपमा कक्षा सञ्चालन हुन थालेको हो।

विद्यालय दर्ता स्वीकृतिका लागि स्थापना कालदेखि नै जिल्ला शिक्षा कार्यालयमा पहल गरिए पनि सात वर्षपछि मात्र निजी स्रोतबाट सञ्चालन हुने गरी जिल्ला शिक्षा कार्यालय काठमाडौंले कक्षा १ देखि ५ सम्मको अनुमति प्रदान गरेको थियो।

विद्यालयलाई सहयोग गर्ने क्रममा अध्ययनरत विद्यार्थीहरूका लागि पाठ्यपुस्तक आवश्यक भएपछि समाजसेवी श्री राम सेवक थापाज्यूले स्थापना कालमै सरकारी पुस्तक उपलब्ध गराउनुभएको थियो। त्यसपछि लामो समयसम्म बुढानीलकण्ठ स्कूलका प्रिन्सिपल श्री नारायणप्रसाद शर्मा तथा श्री नानीराम के.सी.ज्यूको सहयोगमा पुस्तक, स्टेशनरी, ड्रेस लगायतका सामग्री प्राप्त हुँदै आएको थियो।

एभरेष्ट नेपाल एसोसियसन, फ्रान्समा बसोबास गर्ने श्री निर्मल खत्रीको सहयोगमा पक्की शौचालय निर्माण गरिएको थियो। विद्यालय भवनको दोस्रो तल्लामा प्यानल बोर्ड राखी क्लबका अध्यक्ष श्री झम्पा लामा तथा टीका नेपालीको सक्रियतामा लाइन्स क्लब अफ काठमाडौं पिस जोन ३२५ B द्वारा जस्ताको छानो निर्माण गरिएको थियो।

यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आर्थिक अवस्था कमजोर भए पनि विद्यालयले विभिन्न समस्याका बाबजुद शिशुदेखि कक्षा ८ सम्म अध्ययन–अध्यापन सञ्चालन गर्दै आएको देखिन्छ। कुनै पनि विद्यालयको आर्थिक, भौतिक, शैक्षिक तथा अन्य विविध पक्षमा सुधार तथा उन्नति गर्न लक्ष्य, उद्देश्य, नीति तथा कार्यक्रमको महत्वपूर्ण भूमिका रहन्छ। त्यसैअनुसार विद्यालयले प्रशासनिक संगठन, आर्थिक सुधार, शैक्षिक सुधार, भौतिक सुधार तथा सामाजिक विकासलाई सुदृढ बनाउन आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयन गर्दै आएको छ।

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

बिधार्थी क्लबहरू

बाल क्लब — श्री मदन आश्रित बाल क्लब

१. अध्यक्ष : श्री गोकुल भट्टराई
२. उपाध्यक्ष : श्री धन विक्रम सिकर्मी
३. सचिव : श्री एस्टर धोली
४. सहसचिव : श्री निसा राई
५. कोषाध्यक्ष : श्री उजेली वि.क.
६. सह–कोषाध्यक्ष : श्री हिमांशु परियार
७. सदस्य : श्री करिस्मा संज्याल
८. सदस्य : श्री आदित्य गुरुङ
९. सदस्य : श्री अमन तामाङ
१०. शिक्षक प्रतिनिधि : श्री लीला श्रेष्ठ

विद्यार्थी विवरण कक्षागत

क्र.सं. विवरण छात्रा छात्र जम्मा
ECD / बाल विकास २९ २८ ५७
कक्षा १ १३ १८
कक्षा २ ११ १५
कक्षा ३ १९ २६
कक्षा ४ ११ ११ २२
कक्षा ५ १४ २२
कक्षा ६ १२ २१
कक्षा ७ १६
कक्षा ८ १८ २७
१० कक्षा ९ १० १६
११ कक्षा १० ११ १४
जम्मा संख्या १३३ १२१ २५४

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

अभिभावक शुल्क रु. ३००० प्रति विद्यार्थी।

सम्पर्क

madan ashirt
श्री मदन आश्रित आदर्श माध्यमिक विद्यालय
सम्पर्क नम्बर: ०१-४९७३१४५
बुढानीलकण्ठ, क्वाँटोल, काठमाडौं, नेपाल
वडा नं.: ४
स्थापना वर्ष: २०५८
EMIS Code: २७००८००२१
प्रधानाध्यापकको नाम: राजाराम भण्डारी
प्रधानाध्यापकको सम्पर्क नम्बर: ९८४१५९१५५१
madanashrit058@gmail.com
९८४१५९१५५१
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: कृष्ण खत्री
सम्पर्क नम्बर: ९८५११६५६४६
सदस्य संख्या: