संक्षिप्त इतिहास

विद्यालयको ऐतिहासिक पृष्ठभूमि

तत्कालीन कपन गाउँ पञ्चायतको वडा नं ७ जगडोलका स्थानीय समाजसेवी, वुद्धिजिवी, र युवावर्गहरुको योगदान, सहभागिता र श्रमदानबाट दुईकोठे कच्ची टहरोमा विद्यालय जानबाट वञ्चित बालबालिकालाई साक्षर वनाउने लक्ष्य लिएर पठनपाठन सुरु गरिएको थियो । समाजसेवी श्री आत्माराम पौडेलज्यूको अध्यक्षतामा २०३७ सालबाट जनजागृति प्राथमिक विद्यालय विधिवत रुपमा स्थापना र सञ्चालन भएको थियो। संस्थापक अध्यक्षको पहलमा विद्यालयलाई स्थायित्व गर्दै २०४१ सालमा थप भौतिक पूर्वाधारको निर्माण गरी प्रा.वि तहको पठनपाठन हुदै आएको थियो । यस जनजागृति माध्यमिक विद्यालय २७० ४४५०.८९ उत्तरी अक्षाशं, ८५० २२३५.७९पूर्वी देशान्तरमा समुद्रको सतह देखि १४४० मिटर उचाईमा बागमती प्रदेश काठमाडौ जिल्लाको केन्द्र विन्दुबाट करिव ७ किलो मिटर उत्तरमा राष्ट्रिय शहीद पार्क देखि करिव ५०० मिटर उत्तर दिशामा बूढानीलकण्ठ नगरपालिकाको पूर्वमा वडा नं ११ जगडोलको उत्तरी खण्डमा बूढानीलकण्ठ नगरपालिका वडा नं ११, १३ र गोकर्णेश्वर नगरपालिका वाड नं ३ को संगम स्थल जगडोल भञ्ज्याङ्ग अवस्थित छ । यस विद्यालय बुढानीलकण्ठ नगरपालिकाको करिव साढे चार रोपनी सार्वजनिक जग्गामा तीन वटा दुई तले पक्की भवन गरी जम्मा २२ कोठा, सभा हल र ३ वटा सटर रहेको छ । कार्यालय प्रयोजनको लागि ३ कोठा, पुस्तकालय १ कोठा, खाजा घर १ कोठा बाकी कोठाहरुमा पठन पाठन सञ्चालन भइरहेको छ ।

यस विद्यालय २०५३ सालमा नि.मा.वि तह हुदै २०६४ साल देखि मा.वि तह कक्षा १० सम्म अध्यापन हुदै आएको छ । २०५१ साल देखि फुलहारि गुम्वा अनन्द संघको सहयोगमा पटक-पटक गरी दुईवटा बाह्र कोठाको पक्की भवन, शौचालय, घेरावार र पुस्तकालय,खेलकुद सामग्री र बेलाबेलामा मर्मत संभार तथा शैक्षिक सुधारका कार्यहरुमा सहयोग पु¥याउदै आएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको विद्यालयको भौतिक सुधार कार्यक्रम अन्तर्गतको अनुदान तात्कालिन शान्ति तथा पुन निर्माण मन्त्रालयको शान्तिकालागि विकास कार्यक्रम अन्तर्गतको अनुदान, तात्कालिन गा.वि.स अनुदान, २०७२को माहा भुकम्प पछि राष्ट्रिय पुन˸ निर्माण प्राधिकरणको भौतिक निर्माण कार्यक्रमले विद्यालयको काँचुली फेरिएको छ ।

२०७२ को संविधानले माध्यमिक तहको शिक्षालाई स्थानीय तहको मातहतमा रहने व्यवस्था भए पश्चात बुढानीलकण्ठ नगरपालिकाको भौतिक निर्माण कार्यक्रमबाट विद्यालयको भौतिक पूर्वाधार विकासमा तथा शैक्षिक सुधारमाको प्रत्यक्ष सहयोग पुराउँदै आएको छ । उक्त कार्यक्रम अन्तर्गत विद्यालयको फर्निचरको व्यवस्था, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, पुस्तकालयहरुलाई व्यवस्थित गरीनुको साथै चार वटा (कक्षा १०,९,८ र ६) कक्षाहरुमा स्मार्ट वोर्डको प्रयोग गरी पठनपाठनह हुदै आएको छ । पूर्व प्रा.वि तहमा खेल विधिमा पठनपाठन गरीनु कक्षा ७ देखि अतिरिक्त कक्षाको व्यवस्था गरि पठानपाठनले विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा थप टेवा पुगेको छ ।

æविद्यालय हाम्रो हो]Æ भन्ने मनोभावना जागृत गराउनका लागि सरोकार पक्ष, अभिभावक,बुद्धिजिवी, शिक्षकहरुको सुझाव , सल्लाह र प्रतिक्रियाबाट शैक्षिक क्षेत्रको विकासलाई नयाँ सोच र उर्जाका साथ पूर्व अध्यक्षहरु महेश गौतम, त्रिलोचा पौडेल र श्यामराजा गौतमले पु¥याउनु भएको योगदान र भूमिका उल्लेख्य र अवस्मरणीय रहेको छ ।

यस विद्यालयमा भेदभाव रहित वातावरणमा जाति लिङ्ग भाषा भर्म संस्कृति जस्ता सामाजिक संरचना भित्र रहेका बालबालिका लच्छित समय सापेक्ष्य शिक्षा प्रदान गरिनुको साथै विद्यार्थीहरुलाई नियमित छात्रवृत्ती वितरणको व्यवस्था मिलाउनुको साथै स्व गगन कुमारी स्मृतिकोष, स्व सिता भारती स्मृति कोष, स्व शिक्षाक विद्या पौडेल स्मृति कोष, स्व खड्गकेशरी स्मृति कोषको स्थापनाबाट थप छात्रवृत्तिको वेवस्थाले विशेष गरी गरिव तथा आर्थिक रुपमा विपन्न वर्गका गरी गरिव तथा जेहेन्दार बालबालिकाहरुलाई लच्छित गरि शैक्षिक क्रियाकलाप गरिदै आएको छ । Splash Nepal, DLPI को सहयोगमा शुद्ध पिउनेपानीको प्रसोधनको व्यवस्था गरीएको छ । छात्र छात्राहरुको लागि छुट्टाछ्ट्टै शौचालयको व्यवस्था गरिएको र अपाङ्ग मैत्री र बाल मैत्री शैचालय निर्माणाधिन रहेको छ । विद्यालयको वरीपरी घेरावारको बेवस्था गरिएको छ । विद्यालयको शैक्षिक सुधारको लागि विद्यालयको शैक्षिक सुधारका लागि पुस्तकालय, कम्प्युटर प्रयोगशाला, श्रव्यदृश्य सामग्रीको व्यवस्था गरी पठनपाठन सञ्चालन हुदै आएको छ । विज्ञान प्रयोगशाला कम्प्युटर प्रयोगशाला निर्माण पश्चात प्रयोगात्मक कक्षा संञ्चालन हुदै आएको छ । पूर्व प्रा.वि बाल विकास कक्षा देखि कक्षा ३ सम्मका कक्षाहरुमा टेलीभिजनको माध्यमबाट श्रव्यदृश्य सामग्री प्रयोग गरी बालमैत्री शिक्षण शिकाइको थालनी गरीएको छ । कक्षा ६, ८, ९ र १० मा digital प्रविधि मैत्री बनाउने उदेश्यका साथ Smart Board प्रयोगबाट कक्षा सञ्चालनको सुरुवात गरीएकोछ । चाइल्ड नेपालको सहकार्यमा पूर्व प्रा.वि. बालविकास कक्षा व्यवस्थित गरीएको छ । विद्यालयका सवै तहका बालबालिकाहरुलाई दिवाखाजा प्रवन्ध मिलाइएको छ । शिक्षकहरुको उपस्थितिलाई ई हाजिरी मेसिन प्रयोग गरीएको छ । त्यसै गरी विद्यालयको सवै कक्षाकोठाहरुको अनुगमन गर्न मिल्ने गरी सीसी टिभी प्रयोगमा ल्याइएको छ ।

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

बिधार्थी क्लबहरू

वाल क्लव
इको क्लव

विद्यार्थी विवरण कक्षागत

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

सम्पर्क

janajagriti
श्री जनजागृति माध्यमिक विद्यालय
सम्पर्क नम्बर: ०१-५२६७०८६
बुढानीलकण्ठ जगडोल भञ्ज्याङ्ग
वडा नं.: ११
स्थापना वर्ष: २०३७
EMIS Code: २७०३०००१३
प्रधानाध्यापकको नाम: रामकाजी के.सी.
प्रधानाध्यापकको सम्पर्क नम्बर: ९८४११६५९२७
janajagritisecondary@gmail.com
९८४११६५९२७
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: शिव भण्डारी
सम्पर्क नम्बर: ९८०८०२९८५७
सदस्य संख्या: ९