संक्षिप्त इतिहास

२०७२ साल फाल्गुनमा कम्पनी ऐन २०६३, ५ उपदफा १ बमोजिम दर्ता भएको यस शीतल बाटिका प्रि स्कुलले २ वर्षदेखि पाँच वर्ष उमेरसम्मका बालबालिकाहरूलाई पूर्व प्राथमिक विद्यालय सञ्चालन गर्दै आएको छ। बालबालिकाहरूको सर्वाङ्गीण विकासमा केन्द्रित उद्देश्य लिएर सञ्चालित यस विद्यालयमा बालबालिकालाई हर सम्भव मद्दत पुर्‍याउने भौतिक एवं सामाजिक वातावरणमा आवश्यकता अनुसार परिवर्तन गर्दै लगिएको छ। गणेश थापा चोक बु.न.पा. १२ मा आफ्नै निजी भवनमा अवस्थित यस विद्यालयले बालबालिकाहरूको शारीरिक विकासमा खेलकुदलाई अझ बढी अवसर दिने उद्देश्यले खेलमैदानको पनि व्यवस्था गरिएको छ। जहाँ बच्चाहरू मौसमी खेती लगाउने फुलबारी बनाउने फुटबल खेल्ने जस्ता खेलहरूमा सहभागी हुँदै आएका छन् । बच्चाहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै भूकम्प रहित स्वस्थ सफा र पहरिला कक्षा कोठा र बालमैत्री पुस्तकालयको पनि निर्माण गरिएको छ। शारीरिक विकासको लागि शारीरिक क्रियाकलापलाई विद्यालय हाताभित्र र विद्यालय बाहिर गरिने गरि दुई भागमा छुट्याइएको छ। विद्यालय हाताभित्र गरिने क्रियाकलापहरुमा फुटबल, सांस्कृतिक र वार्षिक खेलकुद सप्ताह सञ्चालन गरिएका छन् भने स्कुल बाहिरका क्रियाकलापहरूमा विश्व वातावरण दिवस, किड्स ओलम्पिक, बाल दिवसका सांस्कृतिक कार्यक्रम र अरु स्कुलहरूसँग मिलेर गरिने मैत्री खेल र अन्य कार्यक्रमहरुमा हाम्रा बालबालिकाहरूलाई सहभागी गराउँदै आएकाे छ । साथै अभिभावक शिक्षा अन्तर्गत अभिभावक तालिम, अभिभाभक खेलकुद लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएकाे छ ।
विद्यालयको दूरदृष्टि:-
“सुरक्षित र बालमैत्री वातावरणमा खेल विधिद्वारा वर्तमान समयमा सिकाइ प्रक्रियालाई अगाडि बढाउदै बाल बालिकाहरुकाे सर्वाङ्गीन विकासमा मद्दत पुर्‍याउने।‍”

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

बिधार्थी क्लबहरू

विद्यार्थी विवरण कक्षागत

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

सम्पर्क

logo-sheetal_m0wosn
शीतल बाटिका प्रि स्कुल
सम्पर्क नम्बर: ९८२३४३१०७०
गणेश थापा चोक, बुढानीलकण्ठ नगरपालिका कपन, काठमाडौं, नेपाल
वडा नं.: १२
स्थापना वर्ष: २०७२/११/११
EMIS Code: २७००८००२३
प्रधानाध्यापकको नाम: तपी बस्नेत
प्रधानाध्यापकको सम्पर्क नम्बर: ९८२३४३१०७०
sheetalbatikapreschool@gmail.com
९८२३४३१०७०
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: तपी बस्नेत
सम्पर्क नम्बर: ९८२३४३१०७०
सदस्य संख्या: