संक्षिप्त इतिहास

नेपालको राजधानी काठमाडौंको उत्तरी भेगमा वि.सं. २०५० सालमा कपन बोर्डिङ स्कुलको नामबाट स्थापित रिलायन्स इन्टरनेसनल एकेडेमी बुढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनको मिलनचोकमा अवस्थित छ।

यस विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १० सम्म करिब ८९० जना विद्यार्थीहरूले शिक्षा आर्जन गर्ने गर्दछन्। विद्यालयका प्रधानाध्यापक खेमलाल भुसाल संस्थापक प्रधानाध्यापक पनि हुनुहुन्छ। रिलायन्स इन्टरनेसनल एकेडेमी विकासक्रमसँगै अन्य छ वटा शैक्षिक संस्थाहरूको जननी संस्थाका रूपमा रहेको छ। अनुशासित, शिक्षित तथा मर्यादित विद्यार्थी निर्माणका लागि सधैं अग्रसर यस विद्यालयले संस्कृतिमा आधारित प्रगतिशील विद्यालयको रूपमा आफ्नो पहिचान बनाएको छ।

वि.सं. २०७० सालमा SLC परीक्षामा सहभागी ५ लाखभन्दा बढी विद्यार्थीहरूमध्ये संजोग कार्की नेपाल प्रथम हुँदै विद्यालयलाई राष्ट्रिय रूपमा परिचित गराउन सफल भएका थिए। त्यसैगरी वि.सं. २०७५ सालको SEE परीक्षामा ५० जनाभन्दा बढी विद्यार्थी सहभागी गराउने संस्थागत विद्यालयतर्फ उत्कृष्ट नतिजाका आधारमा विद्यालय नेपालमै प्रथम स्थान हासिल गरी नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारबाट पुरस्कृत एवं सम्मानित भएको थियो।

वि.सं. २०७९ सालको SEE नतिजामा संस्थागत विद्यालयतर्फ पुनः प्रथम स्थान हासिल गर्दै बागमती प्रदेश सरकारबाट सम्मानित भएको यस संस्थाले वि.सं. २०८० सालको SEE परीक्षामा पनि उत्कृष्टता कायम राख्दै बागमती प्रदेशबाट द्वितीय स्थान प्राप्त गर्न सफल भएको थियो। त्यसैगरी वि.सं. २०८१ सालको SEE परीक्षामा १०२ जना विद्यार्थीमध्ये २० जना विद्यार्थीले GPA 4 प्राप्त गरे भने ७६ जना विद्यार्थीले A+ तथा ६ जना विद्यार्थीले A ग्रेड ल्याउन सफल भएका थिए।

साथै, काठमाडौं प्याब्सनबाट प्रथम हुन सफल यस संस्थाका ५ जना शिक्षक एउटै शिक्षण संस्थाबाट पुरस्कृत भएका छन्। वि.सं. २०८२ सालको SEE परीक्षामा समेत १६ जना विद्यार्थीले ४.०० GPA प्राप्त गर्न सफल भएका छन्। कुल १०१ परीक्षार्थीमध्ये ९४ जना विद्यार्थीले ३.६० भन्दा माथिको GPA हासिल गरेका थिए।

विद्यालयमा प्रत्येक कक्षा सुरु गर्नुअघि २ मिनेट ध्यान गरेर मात्र पठनपाठन सुरु गर्ने परम्परा रहेको छ। कुनै पनि बैठक तथा सेमिनारहरूमा ध्यान अनिवार्य गरिन्छ।

विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन V-Star Project सञ्चालन गरिएको छ। नियमित रूपमा उत्कृष्ट कार्य गर्ने विद्यार्थीलाई “V-Star of the Month” पुरस्कार प्रदान गरिन्छ।

सक्षम, गतिशील, वैज्ञानिक, व्यवहारिक तथा जीवनोपयोगी शिक्षा आजको आवश्यकता हो भन्ने मान्यतासहित विद्यालयले सिर्जनशील, व्यवहारिक, सीपमूलक तथा आत्मविश्वास अभिवृद्धि गर्ने शिक्षा प्रदान गर्दै आएको छ।

अनुशासित तथा शिष्टाचारयुक्त विद्यार्थी निर्माण गर्नु विद्यालयको मुख्य उद्देश्य हो। संस्कारयुक्त शिक्षा विद्यालयको पहिलो प्राथमिकतामा पर्दछ। विद्यालयमा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूले बालबालिकाको राम्रो हेरचाह गर्ने गरेका छन्।

विद्यालयले संगीत, नृत्य, बालक्लब, क्रियटिभ क्लब, स्काउट, तेक्वान्दो लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राम्रो व्यवस्थापन गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत Friends of Zoo (FOZ) Club स्थापना गरी भ्रमण तथा अध्ययन कार्यक्रममा विद्यार्थीहरूलाई सक्रिय सहभागिता गराउँदै आएको छ।

पठन संस्कृतिको विकासका लागि हरेक त्रैमासमा पुस्तक समीक्षा कार्यक्रम सञ्चालन गरिन्छ। प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै Smart Board मार्फत शिक्षण सञ्चालन गरिन्छ। शिक्षकहरूलाई Google Certified बनाउने तथा IT/LAB को प्रभावकारी प्रयोगमा विद्यालय सक्रिय रहेको छ।

राष्ट्रिय तथा स्थानीय स्तरका प्रतियोगिताहरूमा विद्यालयका विद्यार्थीहरूले नृत्य, कविता वाचन, खेलकुद तथा पुस्तक समीक्षा प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। विद्यालयले आफ्ना विद्यार्थीहरूलाई संयुक्त राष्ट्रसंघको नमुना संसद अभ्यासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागी गराउँदै आएको छ। विशेष गरी Thailand मा आयोजना हुने THAIMUN कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नियमित सहभागिता जनाउँदै आएका छन्।

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

• वि.सं. २०७० सालमा नेपाल अधिराज्यभरबाट Board First हुन सफल
• वि.सं. २०७५ सालको SEE मा संस्थागत विद्यालयतर्फ नेपाल प्रथम
• वि.सं. २०७९ सालको SEE मा बागमती प्रदेश प्रथम
• वि.सं. २०८० सालको SEE मा बागमती प्रदेश द्वितीय
• वि.सं. २०८१ सालको SEE मा १०२ विद्यार्थीमध्ये २० जनाले GPA 4 प्राप्त
• काठमाडौं प्याब्सनबाट प्रथम हुन सफल
• एउटै संस्थाबाट ५ जना शिक्षक पुरस्कृत
• Let’s Dance Reality Show 2082 मा Junior तर्फ प्रथम स्थानसहित रु. ७०,००० नगद पुरस्कार प्राप्त
• Rain Science Fair मा प्रथम स्थानसहित रु. १२,००० नगद पुरस्कार प्राप्त
• Chinese Language Competition मा उपविजेता तथा २० विद्यार्थी भाषा परीक्षामा उत्तीर्ण

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

  • V-Star Project
  • Book Review
  • Vocal Class
  • Guitar Class
  • Madal / Tabala Class
  • Dance Class
  • Fine Art Class
  • Drama Class
  • Sports
  • Reliance Scout Troop
  • Martial Art
  • Yoga and Meditation
  • Cultural Exchange Program
  • Friends of Zoo
  • Chinese Language Class

बिधार्थी क्लबहरू

  • Baal Club (BNP-10 अन्तर्गत गठन)
  • Music Club
  • Dance Club
  • Fine Art Club
  • Sports Club
  • Reliance Scout Troop
  • Martial Art Club
  • Yoga and Meditation Club
  • RIA Creative Club (Readers / Writers / Speakers / Actors)
  • Friends of Zoo (FOZ) Club
  • Chinese Club

विद्यार्थी विवरण कक्षागत

कक्षा विद्यार्थी संख्या
ECD / PPC ९०
कक्षा १ ४८
कक्षा २ ६०
कक्षा ३ ५७
कक्षा ४ ६६
कक्षा ५ ६७
कक्षा ६ ७५
कक्षा ७ १०७
कक्षा ८ ११०
कक्षा ९ ११३
कक्षा १० १००

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

सम्पर्क

ria school
रिलायन्स इन्टरनेसनल एकेडेमी
सम्पर्क नम्बर: ०१-४८१०५२९
बुढानीलकण्ठ नगरपालिका, मिलनचोक, काठमाडौं
वडा नं.: १०
स्थापना वर्ष: २०५१/०१/१४
EMIS Code: २७०३००००५
प्रधानाध्यापकको नाम: खेमलाल भुसाल
प्रधानाध्यापकको सम्पर्क नम्बर: ९८५१०७९५६८
info@riaschool.edu.np
९८५१०७९५६८
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: रविन्द्रजंग थापा
सम्पर्क नम्बर: ९८५१०५५०१६
सदस्य संख्या: ७