संक्षिप्त इतिहास
गार्डेन अफ बड्स प्रि-स्कूल
परिचय
वि.सं. २०७७ सालमा स्थापना भएको गार्डेन अफ बड्स प्रि-स्कूल बुढानीलकण्ठ चोकबाट करिब ५० मिटर अगाडि, ४ रोपनी क्षेत्रफलमा फैलिएको शान्त वातावरणमा अवस्थित छ। अनुभवी शिक्षक तथा बालमैत्री वातावरणमार्फत हामी पूर्व–प्राथमिक तहका बालबालिकाहरूलाई आधुनिक शिक्षण प्रणाली अनुसार शिक्षा प्रदान गर्दै आएका छौँ।
हाल प्रत्येक कक्षामा एक सेक्सन रहेको छ, जहाँ अधिकतम १५ जना विद्यार्थी र २ जना शिक्षक रहने व्यवस्था गरिएको छ। आवश्यकताअनुसार Pick-up तथा Drop सुविधा पनि उपलब्ध छ। साथै प्रत्येक बालबालिकाको दैनिक प्रगति अभिलेख राखी अभिभावकलाई नियमित जानकारी प्रदान गरिन्छ।
कार्यक्रमहरू
• Play Group Buds
• Nursery
• Junior Buds
• Senior Buds
प्रयोगशाला (Lab)
हाम्रो प्रयोगशाला गुणस्तरीय शिक्षण सामग्रीले सुसज्जित छ, जसले सिकाइलाई रमाइलो र प्रभावकारी बनाउँछ। बालबालिकाहरूले अंग्रेजी, गणित, नेपाली तथा दैनिक जीवनसँग सम्बन्धित विषयहरू प्रयोगात्मक तथा सिर्जनात्मक गतिविधिमार्फत सिक्ने अवसर पाउँछन्।
कक्षाकोठा (Classroom)
उज्याला, हावायुक्त तथा आकर्षक ढंगले सजाइएका कक्षाकोठाहरूले रमाइलो सिकाइ वातावरण निर्माण गरेका छन्। गतिविधिमा आधारित शिक्षण प्रणालीले बालबालिकालाई सजिलै बुझ्न र रमाइलोसँग सिक्न मद्दत गर्दछ।
भान्सा तथा भोजन कक्ष (Kitchen & Dining)
व्यावसायिक कुकमार्फत दैनिक रूपमा ताजा तथा स्वस्थ खाना उपलब्ध गराइन्छ। भोजन कक्षले बालबालिकालाई घरजस्तो वातावरणमा स्वस्थ खाने बानी विकास गर्न सहयोग गर्दछ।
स्वास्थ्य कक्ष (Medical Room)
विद्यालय समयभर सञ्चालन हुने स्वास्थ्य कक्षमा प्राथमिक उपचारको निःशुल्क सुविधा उपलब्ध छ। कुनै बालबालिका अस्वस्थ भएमा अभिभावकलाई तुरुन्त जानकारी गराइन्छ।
मनोरञ्जन कक्ष (Entertainment Room)
शैक्षिक गतिविधिसँगै बालबालिकाहरूले नृत्य, संगीत, कला तथा अन्य अतिरिक्त क्रियाकलापहरूमा सहभागिता जनाउन पाउँछन्, जसले सिर्जनशीलता तथा सामाजिक व्यवहार विकास गर्न मद्दत गर्दछ।
खेल मैदान (Playground)
२ रोपनी क्षेत्रफलमा फैलिएको खेल मैदानमा ठूलो स्टेजसहित Swimming, Football, Basketball, Cycling तथा Horse Riding जस्ता सुविधाहरू उपलब्ध छन्। बाहिरी खेलकुदले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउनुका साथै आत्मविश्वास वृद्धि गर्दछ।
निष्कर्ष
गार्डेन अफ बड्समा हामी विश्वास गर्छौँ कि प्रत्येक बालबालिका फरक र विशेष हुन्छन्। केही बालबालिकाले सिक्न समय लिन सक्छन् भने केहीले छिटो सिक्न सक्छन्। हाम्रो मुख्य उद्देश्य प्रत्येक बालबालिकालाई सुरक्षित, मायालु तथा घरजस्तै वातावरणमा आवश्यक व्यक्तिगत ध्यान प्रदान गर्नु हो। प्रत्येक कक्षामा सीमित सिटको व्यवस्था गरिएकाले गुणस्तरीय शिक्षा तथा व्यक्तिगत विकास सुनिश्चित गर्न सकिन्छ।
हामी तपाईंलाई विद्यालय भ्रमण गरी आफ्ना बालबालिकाको सिकाइ, खेलाइ तथा विकास यात्रामा कसरी सहयोग गर्न सक्छौँ भन्नेबारे जानकारी लिन हार्दिक स्वागत गर्दछौँ।
हाम्रो मूल मन्त्र (Motto)
Learn • Play • Grow
We Care.
गतिविधिका फोटोहरु
प्राप्त गरेका सम्मान तथा पुरस्कार
• Certificate of Appreciation : APEN : २०७९
• Certificate of Appreciation : बुढानीलकण्ठ नगरपालिका : २०८०
• Certificate of Member : APEN २०७०
• Certificate of Participation : APEN Kidathlon २०८०
• Certificate of Appreciation : APEN Kids Talent Trial २०७९
• Certificate of Appreciation : APEN Kids Talent Trial २०८०
• Certificate of Participation : APEN Kids Talent Trial २०८१
• Certificate of Appreciation : APEN Kids Talent Trial २०८२
• Certificate of Appreciation : APEN Kidathlon २०८२
• Certificate of Working Committee Member : APEN २०८३
भौतिक संरचना बिवरण
शिक्षक तहगत/बिषयगत विवरण
अतिरिक्त क्रियाकलाप
• Splash
• विभिन्न Session अनुसार Demonstration
• Dance, Karate
• Healthy / Junk Food सम्बन्धी Demonstration
• नेपाली पात्रोअनुसार सबै चाडपर्व मनाउने कार्यक्रम
• Art / Craft
• Field Trip
• Parents Day
बिधार्थी क्लबहरू
विद्यार्थी विवरण कक्षागत
• Nursery — १७ जना
• JR Buds (LKG) — ९ जना
• SR Buds (UKG) — ११ जना