संक्षिप्त इतिहास
वि.स. १९१० मा दरबार हाईस्कुलको स्थापना गरी नेपालमा औपचारिक अंग्रेजी शिक्षाको शुरुवात र वि.स. १९३४ मा संस्कृत पाठशालाको स्थापना गरी औपचारिक सस्कृत शिक्षाको शुरुवात भएको इतिहास पाइएता पनि नेपाली भाषामा वि.सं. १९५८ अघिसम्म औपचारिक शिक्षाको शुरुवात नभएकोले वि.सं. १९५७–१९५८ मा देव शमशेरको पालामा स्थापित भाषा पाठशालाहरुले मात्र नेपाली भाषाका माध्यमबाट सर्वसाधरण जनतालाई शिक्षा दिन मुलुकका विभिन्न भागमा प्राथमिक शिक्षाको परिपाटी थालनी भएको पाईन्छ ।
वि.सं. १९५९ मा भीम शमशेरले पाठशाला बन्दोबस्त अंग्रेजी फाँट खडा गरी अंग्रेजी शिक्षा लगायत अन्य भाषा पाठशालाहरुको सुपरीवेक्षण गर्न विभिन्न डाइरेक्टर ( निर्देशक) हरु नियुक्ति गरी वि.सं. १९५५ मा खोलिएको हाजिरी गोश्वाराले चार भञ्ज्याङ्ग भित्रका निजामती अड्डाको साथसाथै गोश्वारा कलेज, स्कूल भाषा पाठशालाका कर्मचारीहरु, मास्टर, पण्डितहरुको बेलाबेलामा छड्के जाँच गर्दथ्यो । यसरी देशभर भाषा पाठशाला खुल्ने, निरीक्षण गर्ने, शिक्षाको प्रचार प्रसार गर्ने कार्य सहज हुँदै गएकोले यस बूढानीलकण्ठ भाषा पाठशालाको महसुस गरेर भाषा पाठशाला स्थापना गर्ने कार्य अगाडि बढाउँदा बूढानीलकण्ठ भाषा पाठशालाले वि.सं. १९०० चैत्र २ गते खड्ग निशाना भई आए बमोजिम वि.सं. १९९० वैशाख २१ गते रोज ४ मा यस विद्यालय भाषा पाठशालाको रुपमा स्वीकृत भई आएको इतिहारमा प्रमाण भेटिन्छ ।
विद्यालयले आफ्नो स्तर उन्नति गर्ने क्रममा अनेक आरोह र अवरोह पार गर्दै बि.सं. २०२८ सालमा देशभर नयाँ शिक्षा लागू भए अनुरुप यो भाषा पाठशाला पनि स्वतः बूढानीलकण्ठ प्राथमिक विद्यालयमा परिणत भयो । त्यस पछि २०३७ सालमा नि.मा.वि., २०४३ सालमा मा.वि. र २०६३ सालमा उ.मा.वि.मा परिणत भइ संचालन भइरहेकामा
नेपाल सरकारको नीति अनुरुप पुन मा.वि.नै कायम भई कक्षा १२ सम्म अध्यापन गर्ने गरेको छ । भाषा पाठशालाको रुपमा स्थापना भएको यस विद्यालय हाल आएर उ.मा.वि. तहमा पुगी पुन नेपाल सरकारको नीति अनुसार मा.वि. तहमा नै परिणत भइ सञ्चालन भइरहेको छ भने २०६५ देखि CTEVT बाट सम्बन्धन प्राप्त गरी Diploma in computer engineering / Civil engineering को कक्षाहरु मर्फत प्राविधिक शिक्षाको सुरुवात पनि गरेको छ ।
गतिविधिका फोटोहरु
प्राप्त गरेका सम्मान तथा पुरस्कार
भौतिक संरचना बिवरण
शिक्षक तहगत/बिषयगत विवरण
अतिरिक्त क्रियाकलाप
बिधार्थी क्लबहरू
• बाल क्लब
विद्यार्थी विवरण कक्षागत
| कक्षा | विद्यार्थी संख्या |
|---|---|
| ECD | ६३ |
| कक्षा १ | ५३ |
| कक्षा २ | ३७ |
| कक्षा ३ | ५५ |
| कक्षा ४ | ५३ |
| कक्षा ५ | ६५ |
| कक्षा ६ | ८१ |
| कक्षा ७ | १०१ |
| कक्षा ८ | ११९ |
| कक्षा ९ | १३४ |
| कक्षा १० | १०९ |
| कक्षा ११ | २१९ |
| कक्षा १२ | १८७ |