संक्षिप्त इतिहास
स्थानिय बालबालिकाहरुलाई प्राथमिक तहको शिक्षा ग्रहण गर्न टाढा जान नपरोस् भन्ने उद्देश्यले साथ स्थानिय शिक्षा प्रेमी , समाजसेवी सहयोगदाता र आम जनसमुदायहरुको अगुवाईमा सरकारी जग्गामा स्थानिय स्तरमा पाइने माटो , ढुङ्गा , माटो , काठ आदि निमार्ण सामाग्रीहरुको प्रयोगवाट दुईकोठे कच्ची भवनमा जस्ता पाताको एकपाखे छानो राखी जनश्रमदान एवं आर्थिक सहयोगवाट २०४५ सालमा यस आत्मा विकास प्राथमिक विद्यालय मुहानपोखरी–बूढानीलकण्ठको स्थापना गरिएको हो ।
वि.सं. २०४५ माघ २८ गते श्रीपञ्चमीको शुभमंगल दिनबाट कक्षा आरम्भित यस विद्यालयमा प्रारम्भमा कक्षा ३ सम्म मात्र संचालन गरिएको थियो । विं.सं. २०४७ असार ३ गते संचालन अनुमति र विं.सं. २०४९ असार ११ गते स्थायी स्वीकृत प्राप्त यस विद्यालयमा हाल आधारभुत तहको कक्षा बालिबिकास देखि कक्षा ८ सम्म संचालन गरिएको छ । काठमाण्डौको केन्द्रबाट १३ कि.मि. उत्तरमा अवस्थित श्री आत्मा विकास आधारभुत विद्यालय प्रसिद्ध शिवपुरी पहाडको फेदीमा रहेको छ । यो विद्यालय बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ मुहानपोखरी बूढानीलकण्ठ नगरपलिका वडा नं. १ को सिमानामा रहेको छ । यस विद्यालयको उत्तरमा शिवपुरी पहाड , पूर्वमा वडा नं. १ , दक्षिणमा वडा नं. ३ कै चौतारा र पश्चिममा ठुलो गाउँ पर्दछ । यस विद्यालयको नजिक वन क्षेत्र भएकोले चिसो र स्वच्छ हावा बहनुका साथै सधैभरि कलकल वहने खोला रहेको छ । याहाँ गर्मी महिनामा पनि त्यती गर्मीको महसुस हुदैन भने जाडो समयमा अलि बढी जाडो हुने गर्दछ । वर्षा याममा अलि बढी नै पानी पर्ने गर्दछ । विद्यालय वरपर विभिन्न धार्मिक स्थलहरु रहेका छन । प्रशिद्ध विष्णु भगवानको मुर्ति पनि यसै वडामा पर्दछ भने विपत्सना ध्यान केन्द्र पनि विद्यालय नजिकै रहेको छ ।
यस क्षेत्रबाट उपत्यकाका दृष्यहरु अवलोकन गर्न सकिन्छ ।
यस विद्यालय सेवा क्षेत्रभित्र विभिन्न जातजाति , भाषा , धर्म , संस्कृति र रितिरिवाजका मानिसहरु बसोबास गर्दछन । प्राय गरी यस क्षेत्रमा बाहुन , क्षेत्री , ठकुरी , तामाङ्ग जातिको उल्लेखनिय बसोबास रहेको छ भने नेवार , मगर , राई , लिम्वु आदिको पनि बसोबास रहेको छ ।
गतिविधिका फोटोहरु
प्राप्त गरेका सम्मान तथा पुरस्कार
भौतिक संरचना बिवरण
शिक्षक तहगत/बिषयगत विवरण
अतिरिक्त क्रियाकलाप
बिधार्थी क्लबहरू
विद्यार्थी विवरण कक्षागत
| Ecd | One | Two | Three | Four | Five | Six | Seven | Eight |
| 25 | 20 | 20 | 20 | 18 | 20 | 20 | 19 | 15 |
विद्यालय क्यालेन्डर
गुगल नक्सा
स्थान विवरण
शुल्क संरचना
निःशुल्क शिक्षा