संक्षिप्त इतिहास

“विद्या यो नरको छ रूप भरिलो यही सम्मे गुप्ति धन।
विद्याले सुखभोग मिल्छ सहजै सुध्रिन्छ भित्री मन।”

यसै उक्तिका साथ नेपालका दूरदराजका बालबालिकालाई आधुनिक शिक्षामा समेट्ने उद्देश्यले वि.सं. २०४४ सालमा कापन क्षेत्रमा माउन्ट कैलाश प्राथमिक विद्यालयको स्थापना गरिएको हो। प्रारम्भिक कक्षाबाट सुरु भएको यस विद्यालयले पछि तत्कालीन शिक्षा नियमावली बमोजिम माथिल्ला कक्षाहरू थप गर्दै वि.सं. २०४८ सालमा माध्यमिक तहसम्म अध्ययन–अध्यापन सञ्चालन गरेको हो।

स्थापनाकालदेखि नै हिमाली क्षेत्रका बालबालिकाहरूको उल्लेख्य सहभागिता रहेको यस विद्यालयले शिक्षा क्षेत्रका विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्दै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विद्यालयले बालबालिकालाई परिवारका सदस्यसरह व्यवहार गर्दै बालमैत्री, व्यवहारिक तथा समाजमा घुलमिल हुन सक्ने क्षमता विकास गर्ने उद्देश्यले आधुनिक र समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको छ।

समयको परिवर्तनसँगै यस विद्यालयमा अध्ययन गरेका धेरै विद्यार्थीहरू डाक्टर, इन्जिनियर, नर्स, शिक्षक, राष्ट्रियस्तरका खेलाडी, प्रहरी तथा सेना जस्ता राष्ट्रका महत्वपूर्ण क्षेत्रमा सफल हुन पुगेका छन्।

हाल बुढानीलकण्ठ नगरपालिका अन्तर्गत राममन्दिर नजिक अवस्थित यस विद्यालयले सुरुदेखिकै शैक्षिक गुणस्तर तथा गतिविधिलाई निरन्तरता दिँदै आएको छ। यहाँका विद्यार्थीहरूले शान्त, स्वच्छ तथा आधुनिक कोलाहलबाट टाढा वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्।

विद्यालयले विश्व समाज तथा राष्ट्रले आवश्यक ठानेका दक्ष मानव संसाधन उत्पादन गर्ने लक्ष्यसहित आधुनिक शिक्षण पद्धति अपनाउँदै आएको छ। भौगोलिक, जातीय, लैङ्गिक तथा भाषिक विभेदभन्दा माथि उठेर सम्पूर्ण बालबालिकालाई समान रूपमा शिक्षा तथा ज्ञानको अवसर प्रदान गर्दै आएको छ।

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

वि.सं. २०८२ सालको SEE परीक्षामा ४ जीपीए प्राप्त गरेका विद्यार्थीहरूले बुढानीलकण्ठ नगरपालिकाबाट सम्मान प्राप्त गरेका छन्।

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

विद्यालयको नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापअन्तर्गत वक्तृत्वकला, वादविवाद, हस्तकला तथा चित्रकला जस्ता विभिन्न विधामा अन्तरविद्यालयीय प्रतियोगिताहरूमा सहभागी हुँदै उत्कृष्ट नतिजा हासिल गरी नगद तथा जिन्सी पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

बिधार्थी क्लबहरू

विद्यार्थी विवरण कक्षागत

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

सम्पर्क

mountm-kailash
माउन्ट कैलाश आ. मा.वि.
सम्पर्क नम्बर: ०१-४८२३३४०
बुढानीलकण्ठ, राममन्दिर, कपन, काठमाडौं
वडा नं.: ११
स्थापना वर्ष: २०४४
EMIS Code: २७०३००००६
प्रधानाध्यापकको नाम: प्रतिमा पाण्डेय तिवारी
प्रधानाध्यापकको सम्पर्क नम्बर: ९८४१४८६९५६
mountkailashktm@gmail.com
९८४१४८६९५६
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: राजेश्वर तिवारी
सम्पर्क नम्बर: ९८५११११८३४
सदस्य संख्या: