संक्षिप्त इतिहास
जय भद्रकाली नि.मा.वि. र दक्षिणी छेउमा गणेश मा.वि. मात्र हुँदा बीचका बासिन्दालाई विद्यालयको आवश्यकता परेको थियो। पञ्चकन्या सामुदायिक वनको नाममा रहेको चपली ५(ग) कि.नं. १९ र २३ मा विद्यालय खोल्न तत्कालीन गा.वि.स. अध्यक्ष श्री उद्धवप्रसाद खरेल र काठमाडौं नर्थ लायन्स क्लबका अध्यक्ष श्री आर.एन. राणा बीच दुई पक्षीय सम्झौता गरियो।
होल्मेन कोलेन काठमाडौं नर्थ लायन्स स्कुलको नामबाट मिति २०५८ फाल्गुण १ गतेदेखि कक्षा नर्सरीदेखि दुईसम्म सञ्चालन गरियो। तत्कालीन स्थानीय जनप्रतिनिधि, गा.वि.स. सचिव, पञ्चकन्या सामुदायिक वन उपभोक्ता समुदायका पदाधिकारी, राजनीतिक दलका सदस्यहरू, स्थानीय बासिन्दा तथा श्रमदान गर्ने श्रमिकहरूको सहयोगमा विद्यालय सञ्चालनले मूर्त रूप लियो।
तर यसको निरन्तरता तथा थप प्रक्रिया अगाडि बढाउने क्रममा आर्थिक लगायत विभिन्न समस्याहरू आए। जसका कारण २०६० फाल्गुणमा काठमाडौं नर्थ लायन्स क्लबले विद्यालय सञ्चालनबाट हात झिकेपछि विद्यालयका अध्यक्ष र गा.वि.स. सचिवद्वारा KEFSO (Korea Education Foundation and Social Service Organization) की अध्यक्ष श्री लक्ष्मीदेवी तामाङसँग मिति २०६०/१२/०५ मा विद्यालयको विकास, निर्माण तथा सञ्चालन सम्बन्धी सम्झौता गरियो।
सम्झौताअनुसार विद्यालयको नाम परिवर्तन गरी “श्री बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (BMCA)” राखियो। बी.एम.सी.ए. गुठी विधान २०६० तयार गरी मिति २०६१ श्रावण १९ गते सार्वजनिक शैक्षिक गुठी विधान दर्ता गरियो। उक्त गुठी सञ्चालनका लागि लक्ष्मीदेवी तामाङ अध्यक्ष, उद्धवप्रसाद खरेल सचिव तथा भीमबहादुर तामाङ, बासुदेव थापा, युवराज लामा र विजयकुमार बस्नेत सदस्य रहेको ६ सदस्यीय सञ्चालक समिति गठन गरियो।
त्यसपछि तत्कालीन अवस्थामा रहेको ६ कोठे भवनमा झ्याल, ढोका, रङरोगन, प्लास्टर, आवश्यक फर्निचर, शैक्षिक सामग्री, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, पुस्तकालय, शौचालय, पर्खाल तथा तारबारको व्यवस्थापन KEFSO संस्थाको सहयोगबाट गरियो।
१५ वर्षको सम्झौतामा कक्षा दुईसम्म रहेको विद्यालयलाई कक्षा १० सम्म विस्तार गरी करिब ४० जना विद्यार्थीबाट ६५० जना विद्यार्थी पुर्याइयो। २०७५ सालको अन्त्यमा सम्झौता अवधि सकिए पनि सोही अवधिभित्र KEFSO को नाममा रहेको बँदेलीको जमिनमा थप भवन निर्माण गरियो।
यससँगै BMCA ले “लगानी रोजगारमूलक शिक्षाको थालनी” भन्ने नारासहित प्राविधिक धारतर्फ इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा शैक्षिक सत्र २०७६ बाट कक्षा ९–१२ सञ्चालन गरेको थियो।
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार शिक्षा प्रदान गर्ने तीन मार्ग — औपचारिक, अनौपचारिक तथा व्यवसायमूलक — मध्ये विद्यालयले विद्यार्थीलाई श्रव्यदृश्य सामग्री प्रयोग, स्थलगत भ्रमण, पेसा–व्यवसाय सम्बन्धी अवलोकन भ्रमण, परियोजना निर्माण जस्ता व्यवहारिक सिकाइ गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
विद्यालयले अभिभावक परामर्श कार्यक्रम सञ्चालन गरी समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने कार्य गरिरहेको छ। अतिरिक्त क्रियाकलापका कक्षाहरू सञ्चालन गर्ने, सहकार्यात्मक प्रतियोगिताहरू गराउने तथा स्काउटमार्फत सामाजिक एवं सांस्कृतिक कार्यक्रममा सहयोगी भूमिका निभाउने जस्ता गतिविधिमार्फत विद्यार्थीहरूले आफूलाई असल तथा सक्षम विद्यार्थीका रूपमा परिचित गराएका छन्।
यस विद्यालयले २०६६ सालमा पहिलो पटक SLC परीक्षा दिलाई हालसम्म SEE समेत १८ ब्याच उत्कृष्ट नतिजासहित उत्तीर्ण गराइसकेको छ। विद्यार्थीहरूमा नैतिक चरित्र, परिश्रमी स्वभाव, स्वावलम्बन तथा सिर्जनात्मक प्रवृत्ति विकास गरी राष्ट्रिय शिक्षा पद्धतिको लक्ष्यअनुसार सक्षम विद्यार्थी उत्पादन गर्ने कार्य विद्यालयले गर्दै आएको छ ।
बुँदागत रूपमा विद्यालयका विशेषताहरू
१. न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिन स्थानीय जनसमुदायको श्रमदान तथा सरकारी–गैरसरकारी संघसंस्थाको पहलमा स्थापना गरिएको।
२. सार्वजनिक शैक्षिक गुठीमा आबद्ध गैर–नाफामूलक संस्था।
३. हरेक वर्ष उत्कृष्ट अङ्कसहित SLC तथा SEE मा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण।
४. नगरपालिकाद्वारा आयोजित अतिरिक्त क्रियाकलापहरूमा पुरस्कृत।
५. नगरपालिकाले तोकेकोभन्दा बढी संख्यामा छात्रवृत्ति प्रदान गरिएको।
समग्रमा हेर्दा यस विद्यालयले धेरै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको, बाँकी विद्यार्थीबाट पनि न्यून शुल्क लिएको तथा गुणस्तरीय शिक्षाका लागि दक्ष शिक्षक–कर्मचारी व्यवस्थापन गरेको छ।
प्राप्त गरेका सम्मान तथा पुरस्कार
भौतिक संरचना बिवरण
शिक्षक तहगत/बिषयगत विवरण
अतिरिक्त क्रियाकलाप
बिधार्थी क्लबहरू
विद्यार्थी विवरण कक्षागत
CLASS SEC. TOTAL
| Play Group | A | 25 |
| Nursery | A | 26 |
| Nursery | B | 28 |
| LKG | B | 24 |
| LKG | A | 24 |
| UKG | A | 28 |
| UKG | B | 29 |
| One | B | 27 |
| One | A | 28 |
| Two | A | 25 |
| Two | B | 26 |
| Three | B | 30 |
| Three | A | 30 |
| Four | A | 25 |
| Four | B | 27 |
| Five | B | 23 |
| Five | A | 22 |
| Six | A | 24 |
| Six | B | 26 |
| Seven | A | 40 |
| Eight | A | 25 |
| Eight | B | 24 |
| Nine | A | 48 |
| Ten | A | 18 |
| Ten | E | 18 |



















