संक्षिप्त इतिहास

स्थानिय बालबालिकाहरुलाई प्राथमिक तहको शिक्षा ग्रहण गर्न टाढा जान नपरोस् भन्ने उद्देश्यले साथ स्थानिय शिक्षा प्रेमी , समाजसेवी सहयोगदाता र आम जनसमुदायहरुको अगुवाईमा सरकारी जग्गामा स्थानिय स्तरमा पाइने माटो , ढुङ्गा , माटो , काठ आदि निमार्ण सामाग्रीहरुको प्रयोगवाट दुईकोठे कच्ची भवनमा जस्ता पाताको एकपाखे छानो राखी जनश्रमदान एवं आर्थिक सहयोगवाट २०४५ सालमा यस आत्मा विकास प्राथमिक विद्यालय मुहानपोखरी–बूढानीलकण्ठको स्थापना गरिएको हो ।
वि.सं. २०४५ माघ २८ गते श्रीपञ्चमीको शुभमंगल दिनबाट कक्षा आरम्भित यस विद्यालयमा प्रारम्भमा कक्षा ३ सम्म मात्र संचालन गरिएको थियो । विं.सं. २०४७ असार ३ गते संचालन अनुमति र विं.सं. २०४९ असार ११ गते स्थायी स्वीकृत प्राप्त यस विद्यालयमा हाल आधारभुत तहको कक्षा बालिबिकास देखि कक्षा ८ सम्म संचालन गरिएको छ । काठमाण्डौको केन्द्रबाट १३ कि.मि. उत्तरमा अवस्थित श्री आत्मा विकास आधारभुत विद्यालय प्रसिद्ध शिवपुरी पहाडको फेदीमा रहेको छ । यो विद्यालय बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ मुहानपोखरी   बूढानीलकण्ठ नगरपलिका वडा नं. १ को सिमानामा रहेको छ । यस विद्यालयको उत्तरमा शिवपुरी पहाड , पूर्वमा वडा नं. १ , दक्षिणमा वडा नं. ३ कै चौतारा र पश्चिममा ठुलो गाउँ पर्दछ । यस विद्यालयको नजिक वन क्षेत्र भएकोले चिसो र स्वच्छ हावा बहनुका साथै सधैभरि कलकल वहने खोला रहेको छ । याहाँ गर्मी महिनामा पनि त्यती गर्मीको महसुस हुदैन भने जाडो समयमा अलि बढी जाडो हुने गर्दछ । वर्षा याममा अलि बढी नै पानी पर्ने गर्दछ । विद्यालय वरपर विभिन्न धार्मिक स्थलहरु रहेका छन । प्रशिद्ध विष्णु भगवानको मुर्ति पनि यसै वडामा पर्दछ भने विपत्सना ध्यान केन्द्र पनि विद्यालय नजिकै रहेको छ ।
यस क्षेत्रबाट उपत्यकाका दृष्यहरु अवलोकन गर्न सकिन्छ ।
यस विद्यालय सेवा क्षेत्रभित्र विभिन्न जातजाति , भाषा , धर्म , संस्कृति र रितिरिवाजका मानिसहरु बसोबास गर्दछन । प्राय गरी यस क्षेत्रमा बाहुन , क्षेत्री , ठकुरी , तामाङ्ग जातिको उल्लेखनिय बसोबास रहेको छ भने नेवार , मगर , राई , लिम्वु आदिको पनि बसोबास रहेको छ ।

गतिविधिका फोटोहरु

प्राप्त गरेका सम्मान तथा पुरस्कार

भौतिक संरचना बिवरण

शिक्षक तहगत/बिषयगत विवरण

अतिरिक्त क्रियाकलाप

बिधार्थी क्लबहरू

विद्यार्थी विवरण कक्षागत

 

Ecd One Two Three Four Five Six Seven Eight
25 20 20 20 18 20 20 19 15

विद्यालय क्यालेन्डर

गुगल नक्सा

स्थान विवरण

शुल्क संरचना

निःशुल्क शिक्षा

सम्पर्क

AATMA
श्री आत्मा विकास आधारभुत विद्यालय
सम्पर्क नम्बर: ०१-४३७३७७४
बुढानीलकण्ठ‍– मुहानपाेखरी
वडा नं.: ३
स्थापना वर्ष: २०४५
EMIS Code: २७००८०००९
प्रधानाध्यापकको नाम: धर्मराज थापा
प्रधानाध्यापकको सम्पर्क नम्बर: ९८४९१८४६८५
atmabikash2045@gmail.com
९८४९१८४६८५
विद्यालय व्यवस्थापन समिति (SMC)
अध्यक्ष: राधाकृष्ण ठकुरी
सम्पर्क नम्बर: ९८४१४७०३६०
सदस्य संख्या: ७